spot_img

‘जीवनी होइन, इतिहास लेख्ने यात्रामा छौँ’ : रवि लामिछाने

spot_img
spot_img

काठमाडौँ,२७ वैशाख ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी व्यक्तिगत राजनीतिक उपलब्धि वा जीवनी लेख्ने उद्देश्यमा नभई देशको इतिहास बदल्ने यात्रामा रहेको बताएका छन्।

पार्टी सांसदहरूको दुईदिने प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले राजनीति सत्ता प्राप्तिको साधन मात्र नभई देशलाई सही दिशा दिने माध्यम हुनुपर्ने धारणा राखे।

लामिछानेले प्रधानमन्त्री वा मन्त्री बन्नु ठूलो कुरा नभई मुलुकलाई कस्तो नेतृत्व दिइन्छ भन्ने नै महत्वपूर्ण विषय भएको बताए। उनले आफूलाई व्यक्तिगत राजनीतिक करियर निर्माण गर्ने चाहना नभएको पनि स्पष्ट पारे।

उनका अनुसार, “हामी जीवनी लेख्ने होइन, इतिहास लेख्ने यात्रामा छौँ।”

उनले रास्वपा सांसदहरूलाई निरन्तर सिकाइ र सुधार प्रक्रियामा रहनुपर्नेमा जोड दिँदै राजनीतिक अभ्यासलाई मर्यादित र जनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याए।

लामिछानेले वर्तमान विश्व राजनीतिक परिवर्तनसँगै आफ्नो पार्टीको उदय भएको उल्लेख गर्दै यसलाई समाजको निरन्तर “विद्रोह” को परिणामका रूपमा व्याख्या गरे।

उनले संसद र राजनीतिलाई जिम्मेवार र प्रभावकारी बनाउँदै देशको अपेक्षा पूरा गर्ने लक्ष्य आफ्नो पार्टीको रहेको बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय