spot_img

पोखरामा लागुऔषध विवादपछि ग्याङ फाइट

spot_img
spot_img

पोखरा,२७ वैशाख । लागुऔषधको विवादलाई लिएर पोखरामा ग्याङ फाइट भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पोखराको बाँझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार, गोरखा घर भई पोखरा बस्ने ३० वर्षीय दिलेराम गुरुङ (दीपेश), नुवाकोट घर भई पोखरा बस्ने १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ र २० वर्षीया लिजा पुन रहेका छन्।

प्रहरीका अनुसार घटना २२ वैशाख राति करिब ९:३० बजे पोखराको बागलुङ बसपार्क क्षेत्रमा भएको हो। आपसमा झगडा गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले खोजी गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कास्की प्रहरीका अनुसार घटनाको मुख्य कारण लागुऔषधसम्बन्धी विवाद रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरी उपरीक्षकले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय