spot_img

नेपालमा नयाँ वर्षा प्रणाली भित्रिँदै, देशभर पानी पर्ने सम्भावना

spot_img
spot_img

काठमाडौं,२८ वैशाख । पश्चिमी वायुको नयाँ प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेकाले देशभर वर्षाको सम्भावना बढेको मौसमविदहरूले बताएका छन् । यस प्रणालीको प्रभावले आगामी केही दिन मध्यमदेखि भारी वर्षा हुनुका साथै मौसम चिसो महसुस हुने अनुमान गरिएको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार पश्चिमी वायुसँगै उत्तरतर्फको चिसो हावा नेपाल भित्रिने भएकाले वर्षासँगै तापक्रम घट्ने सम्भावना छ। उनले वैशाख २८ गते रातिदेखि देशका अधिकांश स्थानमा राम्रो वर्षा हुन सक्ने बताएका छन्।

मौसमविद् उज्ज्वल उपाध्यायले पनि सोमबार र मंगलबार काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिए। उनका अनुसार यो प्रणाली श्रीलंका र भारतका दक्षिणी क्षेत्र हुँदै नेपालसम्म फैलिनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा न्यून चापीय प्रणालीको प्रभाव कायम रहेकाले देशका विभिन्न स्थानमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ।

विभागले आगामी दुई दिन हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

मौसमविद्हरूका अनुसार प्रि–मनसुन अवधिमा सक्रिय हुने यस्ता प्रणालीका कारण गर्मीयाममा पनि केही दिन चिसो महसुस हुने अवस्था देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय