spot_img

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

spot_img
spot_img

काठमाडौं,२८ वैशाख । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा गर्नेगरी मिति तय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले जेठको ३ र १६ गते दुई चरणमा हुने गरी वडा अधिवेशनको मिति टुंगो लगाएको हो । पालिका अधिवेशन जेठ १० र जेठ १७ गते गर्ने गरी मिति तय गरिएको छ ।

वैशाख २० अघि समिति गठन भएका वडामा जेठ ३ गते अधिवेशन हुनेछ भने जेठ ३ गतेसम्म वडा समिति बनेका स्थानमा १६ जेठमा वडा अधिवेशन गर्ने भएको छ ।

वैशाख २५ गते अघि समिति गठन भएका पालिकामा जेठ १० गते अधिवेशन हुनेछ । जेठ १० गते अघिसम्म समिति गठन भएका बाँकीको अधिवेशनको समय जेठ १७ गतेका लागि तोकिएको छ ।

सचिवालय बैठकले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । साथै जेठ २ गते समिति गठन नभएका वडाको भेला बोलाइएको छ भने जेठ ९ गते समिति गठन नभएका पालिकाहरूको भेला डाकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय