बीरगन्ज,२८ वैशाख । नेपाल सरकार ले आगामी आर्थिक वर्षका लागि तयार गरिएको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।
सरकारका प्रवक्ता तथा सस्मित पोखरेल का अनुसार संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनलाई मन्त्रिपरिषद्ले औपचारिक स्वीकृति दिएको हो। सरकारले सार्वजनिक गर्ने नीति तथा कार्यक्रममार्फत आगामी आर्थिक वर्षका प्राथमिकता, विकास रणनीति तथा विभिन्न क्षेत्रका योजनाहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
यसैबीच, आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद् को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। साथै, सङ्घीय संसद्को चालु अधिवेशन पनि आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ।




