spot_img

स्वास्थ्य बीमालाई सरल र जनमैत्री बनाउने तयारीमा सरकार

spot_img
spot_img

काठमाडौं,२८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गरी त्यसलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने तयारी भइरहेको बताएकी छन् ।

सोमबार वीर अस्पतालमा आयोजित ‘राष्ट्रिय सरसफाइ सप्ताह’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मेहताले हालको स्वास्थ्य बीमा प्रणालीमा केही जटिलता रहेको स्वीकार गरिन् । उनले ती समस्या हटाएर सेवा सहज बनाउने विषयमा मन्त्रालयस्तरमै गम्भीर छलफल र गृहकार्य भइरहेको जानकारी दिइन् ।

मन्त्री मेहताका अनुसार स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको छ । सरकारले चाँडै नै नागरिकलाई सहज हुनेगरी नयाँ व्यवस्था सार्वजनिक गर्ने तयारी गरिरहेको उनले बताइन् ।

“स्वास्थ्य बीमामा केही पेचिला विषय छन् । त्यसलाई कसरी सरल, सहज र जनमैत्री बनाउन सकिन्छ भन्ने विषयमा हामी निरन्तर काम गरिरहेका छौँ,” मन्त्री मेहताले भनिन्, “छिट्टै सुधारका नयाँ कदम सार्वजनिक हुनेछ ।”

स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाह, भुक्तानी प्रक्रिया, अस्पताल व्यवस्थापन तथा नागरिक पहुँचका विषयमा समय–समयमा गुनासा उठ्दै आएका बेला सरकार सुधार योजनासहित अघि बढ्न लागेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय