spot_img

सर्लाहीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु

spot_img
spot_img

सर्लाही,२८ वैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराति करिब ८ः१५ बजे मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा साइकल चालक ईश्वरपुर–२ राईटरखोर निवासी किसुन देव साह गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा मोटरसाइकलको पछाडि सवार १४ वर्षीय बिक्की कुमार राउत सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक मनिष साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय