spot_img

मधेश प्रदेश सरकारमा संकट टरेको संकेत, मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

spot_img
spot_img

बीरगन्ज,२८ वैशाख । मधेश प्रदेशमा देखिएको राजनीतिक अस्थिरता तत्कालका लागि टरेको छ। सत्ता साझेदार चार दलबीच भएको सहमतिअनुसार वर्तमान सरकारलाई निरन्तरता दिँदै आगामी बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय गरिएको छ।

आइतबार सरोज कुमार यादव को निवासमा बसेको सत्ता गठबन्धन बैठकले मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई नै निरन्तरता दिने सहमति गरेको हो। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा विश्वासको मत प्रक्रिया यथाशीघ्र अघि बढाउने उल्लेख गरिएको छ।

बैठकमा मुख्यमन्त्री यादवसहित जसपा नेपाल, नेकपा र लोसपाका शीर्ष प्रतिनिधिहरूको सहभागिता थियो। यसअघि काठमाडौँमा भएको राजनीतिक सहमतिलाई प्रदेश तहमा औपचारिकता दिइएको बताइएको छ। यसैबीच, समर्थन फिर्ता लिएको जनमत पार्टी का केही मन्त्रीहरू अझै सरकारमै रहेका छन्। उनीहरू विश्वासको मत प्रक्रियामा साथ नदिए हटाउने विषयमा पनि सहमति बनेको बताइएको छ।

हाल मधेश प्रदेश सभामा १०० सदस्य रहेकामा सरकार टिकाउन ५१ मत आवश्यक पर्छ। सत्ता गठबन्धनसँग कांग्रेस, जसपा नेपाल, नेकपा र लोसपा गरी करिब ६२ सांसदको समर्थन रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत सहज हुने देखिएको छ।

सरकारभित्र देखिएका असन्तुष्टिलाई सम्बोधन गर्दै आगामी दिनमा कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता समेत बैठकमा व्यक्त गरिएको छ। जनमत पार्टीको समर्थन फिर्तापछि उत्पन्न संवैधानिक चुनौतीलाई सम्बोधन गर्न बुधबार विश्वासको मत लिने तयारी गरिएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय