spot_img

ठेक्का अलपत्र पार्ने आरोपमा दुई निर्माण व्यवसायी पक्राउ

spot_img
spot_img

काठमाडौँ,२८ वैशाख । काठमाडौँ मा सरकारी ठेक्का समयमै पूरा नगरेको आरोपमा दुई निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई पछि सम्बन्धित मन्त्रालयमा उपस्थित गराइएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार रमेश शर्मा (शर्मा एन्ड कम्पनीका सञ्चालक) र पीताम्बर बडु (लामा कन्स्ट्रक्सनका सञ्चालक) लाई नियन्त्रणमा लिइएको हो। उनीहरूलाई काठमाडौँको गोङ्गबु क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सहरी विकास मन्त्रालय को पत्रका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ। मन्त्रालयले जिम्मा लिएका निर्माण कार्य निर्धारित समयमा पूरा नभएको भन्दै आवश्यक कारबाहीका लागि उपस्थित गराउन अनुरोध गरेपछि प्रहरीले प्रक्रिया अघि बढाएको हो।

पछिल्लो समय सरकारी आयोजना ढिलासुस्ती र ठेक्का अलपत्र पर्ने समस्या बढ्दै गएको चर्चा भइरहेका बेला निर्माण व्यवसायीमाथि भएको यो कारबाहीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रहरीले आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय