spot_img

राष्ट्रिय परिचयपत्र प्रणाली एक सातादेखि अवरुद्ध, सेवाग्राही समस्यामा

spot_img
spot_img

बीरगन्ज,२८ वैशाख । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली मा देखिएको प्राविधिक समस्याका कारण एक सातादेखि विभिन्न सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरू समस्यामा परेका छन्। वैशाख २१ गतेदेखि प्रणाली नियमित रूपमा सञ्चालन हुन नसक्दा दैनिक काम प्रभावित बनेका हुन्।

प्रणाली अवरुद्ध भएपछि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्ने, विवरण सच्याउने, जन्मदर्तासँग सम्बन्धित सेवा तथा सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा आवश्यक पर्ने बायोमेट्रिक रुजुजस्ता काम ठप्प भएका छन्।

नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा का उपसचिव कुलशेखर अर्याल ले समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको बताएका छन्। उनका अनुसार प्राविधिक समस्या समाधान गरी सेवा यथाशीघ्र सुचारु गर्ने काम भइरहेको छ।

लामो समयसम्म प्रणाली सञ्चालनमा नआउँदा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन पुगेका सेवाग्राहीले हैरानी खेप्नुपरेको छ। सम्बन्धित निकायले समस्या चाँडै समाधान हुने दाबी गरे पनि सेवाग्राही भने तत्काल सेवा सुचारु हुनुपर्ने माग गरिरहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय