spot_img

अध्यादेश र संसद् नियमावलीविरुद्ध नेकपाको विरोधको तयारी

spot_img
spot_img

काठमाडौँ,२८ वैशाख । सिंहदरबारमा बसेको नेपाली कम्युनिस्ट पार्टीको संसदीय दल बैठकले बजेट अधिवेशनमा सरकारका गतिविधिविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने रणनीति तय गरेको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका गलत कामको प्रभावकारी ढंगले प्रतिवाद गर्न सांसदहरूलाई निर्देशन दिएको बताइएको छ।

पार्टीका सांसद गोपाल शर्मा का अनुसार सरकारले संसद् छल्दै विभिन्न अध्यादेश जारी गरेको विषयमा पार्टीले संसद्मा कडा विरोध जनाउने तयारी गरेको छ। साथै, प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीलाई सत्तारुढ दलले विशेष कानुनसरह प्रयोग गर्न खोजेको भन्दै त्यसप्रति पनि असहमति रहेको नेकपाको भनाइ छ।

नेकपाले भूमिहीन सुकुमबासीको दीर्घकालीन व्यवस्थापन नगरी बस्ती हटाइएको विषयमा समेत सरकारको आलोचना गर्ने जनाएको छ। पार्टीले यसलाई राष्ट्रिय सरोकारको विषय भन्दै संसद्मा आफ्नो धारणा स्पष्ट रूपमा राख्ने तयारी गरेको बताइएको छ।

सरकारले यसअघि संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको विषयलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाउँदै आएका छन्। यसैबीच, संसद्को विशेष बैठक आज बस्ने कार्यसूची रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय