spot_img

राष्ट्रपति पौडेल संसद् पुगे, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी

spot_img
spot_img

काठमाडौँ,२८ वैशाख । आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन्। उनले केहीबेरमै संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने तयारी गरिएको हो। संयुक्त बैठकअघि दुवै सदनको छुट्टाछुट्टै बैठक पनि बसेको थियो।

आजदेखि संघीय संसद्को नयाँ अधिवेशन औपचारिक रूपमा सुरु भएको छ। अधिवेशनको सुरुआतमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने परम्पराअनुसार राष्ट्रपति पौडेलले उक्त दस्तावेज संसद्मा प्रस्तुत गर्न लागेका हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय