spot_img

प्राविधिक समस्या नआए आजै एसईई नतिजा आउने संकेत

spot_img
spot_img

बीरगन्ज,२८ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डले हाल प्राविधिक परीक्षण गरिरहेको र कुनै समस्या नआए आज साँझसम्म नतिजा प्रकाशित हुन सक्ने बताएको छ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्याल का अनुसार अहिले नतिजा प्रणालीको परीक्षण तथा डेमो प्रक्रिया चलिरहेको छ। प्राविधिक पक्ष सहज रहे आजै नतिजा सार्वजनिक गरिने, अन्यथा भोलिसम्ममा प्रकाशित गर्ने तयारी रहेको उनले जानकारी दिए।

उनले सानो प्राविधिक समस्या आए पनि नतिजा प्रकाशन प्रक्रिया केही समय रोक्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै अन्तिम तयारी जारी रहेको बताए।

यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुन आवेदन दिएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका छन्। परीक्षामा सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेको बोर्डले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय