spot_img

अन्डाको मूल्य फेरि बढ्यो, प्रतिक्रेट ३५ रुपैयाँले वृद्धि

spot_img
spot_img

काठमाडौँ,२८ वैशाख । बजारमा अन्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी अन्डाको फार्म मूल्य (समर्थन मूल्य) प्रतिक्रेट ३५ रुपैयाँले वृद्धि गरेको हो।

संघका अनुसार अब मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४३५ रुपैयाँ पुगेको छ, जुन पहिले ४०० रुपैयाँ थियो। त्यस्तै, ठूलो (लार्ज) अन्डाको मूल्य ४५० बाट बढेर ४८५ रुपैयाँ कायम भएको छ। एक्सएल अन्डाको मूल्य पनि ३५ रुपैयाँले बढेर ५०० रुपैयाँ पुगेको छ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार पछिल्ला दिनहरूमा बर्डफ्लु संक्रमणका कारण ठूलो मात्रामा लेयर्स कुखुरा नष्ट भएपछि उत्पादन घटेको छ। करिब ५ लाखभन्दा बढी कुखुरा नष्ट हुँदा बजारमा आपूर्ति कम भएको र माग बढी भएकाले मूल्य समायोजन गर्नुपरेको उनले बताए।

उनका अनुसार मूल्य बढे पनि किसानले अझै उत्पादन लागतअनुसारको उचित मूल्य पाउन नसकेको अवस्था छ। उत्पादन घट्दा बजारमा अन्डाको आपूर्ति दबाबमा परेको र त्यसको असर उपभोक्ता मूल्यमा पनि देखिन सक्ने संघको भनाइ छ।

पोखरेलले समयमै सरकारी सहयोग र राहत नपाउँदा किसानहरू थप संकटमा परेको भन्दै मूल्य वृद्धि बाध्यात्मक भएको स्पष्ट पारे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय