spot_img

मितेरी पुलदेखि रजत जयन्तीसम्म सरसफाइ कार्यक्रम सम्पन्न

spot_img
spot_img

बीरगन्ज,२८ वैशाख । मितेरी पुल क्षेत्रमा सरसफाइ दिवसको अवसरमा सरसफाइ तथा हरियाली प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम बीरगन्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र को सहकार्यमा आयोजना गरिएको हो।

मुलुकको प्रमुख प्रवेशद्वार मानिने मितेरी पुलदेखि शंकराचार्य प्रवेशद्वार हुँदै रजत जयन्ती चोकसम्म सरसफाइ गरिएको आयोजकले जनाएको छ। यस क्षेत्रमा यसअघि गरिएको सौन्दर्यीकरणअन्तर्गत प्राकृतिक घाँस, पाम तथा फोक्स्टेलका रुख र विभिन्न फूलबिरुवाको संरक्षण तथा सरसफाइसमेत गरिएको थियो।

कार्यक्रमका क्रममा बिरुवामा पानी हाल्ने, वरपरको क्षेत्र सफा गर्ने तथा हरियाली संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गरिएको जनाइएको छ। उक्त क्षेत्रमा करिब १४ हजार स्क्वायर फिट क्षेत्रमा हरियाली विस्तार गरिएको छ।

राजेशमान सिंहले बीरगन्जको पहिचान झल्किने गरी विद्युतिय बोर्ड, १७ फिट अग्लो राष्ट्रिय झण्डा तथा थप सौन्दर्यीकरणका कामलाई निरन्तरता दिइने जानकारी दिए । त्यस्तै, जयप्रकाश खेतान ले ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले सरसफाइ दिवसमा मात्र नभई वर्षभरि नै वृक्षारोपण, संरक्षण र सहरलाई हराभरा बनाउने अभियानलाई निरन्तर अघि बढाइरहेको बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय