spot_img

राष्ट्रिय परिचयपत्र प्रणाली एक सातादेखि अवरुद्ध

spot_img
spot_img

काठमाडौँ,२८ वैशाख । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक खराबीका कारण देशभरका सेवाहरू एक सातादेखि प्रभावित भएका छन्। प्रणाली गत वैशाख २१ गतेदेखि अवरुद्ध भएपछि परिचयपत्रसँग सम्बन्धित अत्यावश्यक सेवाहरू ठप्प भएका हुन्।

प्रणाली नचल्दा विवरण सच्याउने, नयाँ दर्ता गर्ने तथा राष्ट्रिय परिचयपत्र नम्बर (NIN) जारी गर्ने काम रोकिएको छ। यससँगै जन्म दर्ता, परिचयपत्र अपडेट र बायोमेट्रिक प्रमाणीकरण जस्ता सेवा पनि प्रभावित भएका छन्।

विशेषगरी सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आवश्यक बायोमेट्रिक प्रक्रिया अघि बढ्न नसक्दा ज्येष्ठ नागरिक र लक्षित समूहले ठूलो समस्या भोगिरहेका छन्। सेवा लिन आएका नागरिकहरू दिनहुँ कार्यालय धाउन बाध्य भएका छन्।

नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालका अनुसार प्रणाली सुधारका लागि प्राविधिक टोली निरन्तर खटिरहेको छ। समस्या पहिचान भइसकेको र छिट्टै सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए।

तर एक सातासम्म सेवा ठप्प हुँदा सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड बढेको छ भने असन्तुष्टि पनि बढ्दै गएको छ। परिचयपत्र अनिवार्य भएका अन्य प्रशासनिक कामहरू समेत प्रभावित भएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय