spot_img

एसईईमा भरत बाबा बोर्डिङ स्कुलको शतप्रतिशत नतिजा, ५ विद्यार्थीले ल्याए ४ जिपिए

spot_img
spot_img

बीरगन्ज, ३१ वैशाख । बाराको कलैया स्थित भरत बाबा सेकेन्डरी बोर्डिङ स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी ४० जना विद्यार्थीमध्ये सबै जना उत्तीर्ण भएका छन् भने ५ विद्यार्थीले ४ जिपिए प्राप्त गर्दै जिल्ला स्तरमै उत्कृष्ट नतिजा दिलाउन सफल भएका छन्।

विद्यालयका अनुसार २५ विद्यार्थीले ए प्लस र १५ विद्यार्थीले ए ग्रेड हासिल गरेका छन्। ४ जिपिए ल्याउने विद्यार्थीहरूमा आर्यन राज कर्ण, हरिशंकर प्रसाद गुप्ता, अञ्जली यादव, प्रतिभा कुमारी साह र सुश्रीका बुढाथोकी रहेका छन्।

विद्यालयका प्रिन्सिपल रविन थापाले पत्रकार सम्मेलनमार्फत विद्यार्थीहरूको मेहनत, अनुशासन र निरन्तर अध्ययनका कारण यस्तो उत्कृष्ट नतिजा सम्भव भएको बताएका छन्। उनका अनुसार केही विद्यार्थीले लामो समयसम्म नियमित अभ्यास गर्दै लक्ष्यअनुसार अध्ययन गरेका थिए।

विद्यालयले शिक्षालाई प्राथमिकतामा राख्दै गुणस्तरीय सिकाइ वातावरण निर्माणमा जोड दिँदै आएको पनि उनले बताए। अतिरिक्त क्रियाकलापभन्दा शैक्षिक उपलब्धिमा केन्द्रित हुँदै आएको विद्यालयको नीति रहेको उनको भनाइ छ।

प्रिन्सिपल थापाले बोर्डिङ शिक्षालाई सेवामूलक दृष्टिकोणले अघि बढाउनुपर्नेमा जोड दिँदै विगत केही वर्षदेखि शुल्क वृद्धि नगरिएको जानकारी पनि दिएका छन्। विद्यालयले २०८१ सालदेखिको शुल्कलाई २०८२ र २०८३ सालसम्म पनि यथावत राखेको तथा भर्ना शुल्क एकपटक मात्र लिने व्यवस्था गरिएको छ।

हाल विद्यालयमा करिब ७ सय विद्यार्थी अध्ययनरत रहेका छन्। उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई विद्यालयले सम्मानसमेत गरेको छ। साथै, अभिभावकहरूलाई घरमै नैतिक शिक्षा दिन र अध्ययन समयमा मोबाइलको प्रयोग नियन्त्रण गर्न विद्यालयले आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय