spot_img

दुई तिहाइको आडमा संसद्लाई कमजोर बनाउने प्रयास भयो : कांग्रेस

spot_img
spot_img

काठमाडौँ,३१ वैशाख । नेपाली कांग्रेसले दुई तिहाइ संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र साहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री संसदप्रति जिम्मेवार नभएको आरोप लगाए । उनले प्रधानमन्त्री स्वयंले संसदलाई बेवास्ता गरेर लोकतान्त्रिक मूल्य र संसदीय अभ्यास कमजोर बनाइरहेको टिप्पणी गरे।

‘देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई वेवास्ता गर्नु दुखद् मात्रै होईन, संसदीय अभ्यासप्रतिको उदासीन पनि होइन र सभामुख महोदय ? अझ दुखको कुरा सत्तापक्षका माननीयहरु यसलाई समान्य बनाउन प्रयत्न गरिहनुभएको छ,’ राई हिजो सभामुखको आसनबाट हजुरले भन्नुभयो नीति तथा कार्यक्रम सबैभन्दा महत्वपुर्ण दस्तावेज हो । यो देशको रोडम्याप हो, यसलाई तीन करोड नेपालीले हेरिरहेका छन् ।

त्यसैले प्रतिपक्षको माग अस्वभाविक थिएन, हाम्रो माग केवल यति थियो, यति महत्वपूर्ण विषयमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्छ । देशभित्रै रहनुभएको, संसद् भवनबाट केही सय मिटर दुरीमा कार्यलय रहेको प्रधानमन्त्रीलाई संसद्‍मा उपस्थित गराईयोस् भन्ने हाम्रो आग्रह मात्रै थियो । नीति तथा कार्यक्रम भनेको सरकारको आगामी एक वर्षको प्राथमिकता र कार्ययोजना हो तर दुर्भाग्य यति महत्वपूर्ण विषयमा प्रर्याप्त छलफल हुन पाएन । हामीसंग गम्भीर प्रश्नहरु छन्, ती प्रश्न प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छौँ । संविधानको धारा ७६ (१०) अनुसार प्रधानमन्त्रीज्यूलाई संसदप्रति उत्तरदायी बनाउन चाहन्छौँ । तर आज दुई तिहाई नजिकको संख्याको आडमा संसदलाई नै कमजोर बनाउने प्रयास भईरहेको छ । प्रश्नबाट भाग्ने प्रवृति लोकतन्त्रको लागि शुभसंकेत होइन ।’

उनले संसद् गुरुकुल र विश्वविद्यालयजस्तो हुनुपर्ने भन्ने सत्तापक्षका संसद मनीष झाको अभिव्यक्तिलाई उद्धृत गर्दै प्रधानमन्त्रीले विश्वविद्यालय समान संसद् बंक बन्न थालेको बताए। ‘सदन एउटा चिया चौतारी होइन, यहाँ मन लागे आउने, मन लागे बस्ने, मन लागे जाने, सदन गुरुकुल हुनुपर्छ । सदन विश्वविद्यालय हुनुपर्छ । यो भनाई मैले सापटी लिएको भनाई हो,’ राईको भनाइ छ, ‘ यो लोकतन्त्र र सदनप्रति अत्यन्तै धेरै जिम्मेवारपूर्ण र डेमोक्राटिक भ्यालुजलाई बुझ्नुभएको सत्तापक्षका माननीयज्यूको अभिव्यक्तिाई मैले यहाँ सापटी लिएँ, तर आज परिस्थिति यस्तो बनेको छ कि स्वंय प्रधानमन्त्रीज्यूले नै यो गुरुकुल र विश्वविद्यालयलाई बङ्क गर्न थाल्नुभएको छ ।’

उनले सभामुखसंग प्रधानमन्त्रीलाई संसद्‍मा उपस्थित हुन रुलिङ गर्न पुन: ध्यानाकर्षण गराए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय