spot_img

पर्साका ११ छोटी भन्सारमध्ये ८ बन्द, सीमावर्ती क्षेत्रमा असर

spot_img
spot_img

वीरगन्ज,०१ जेठ । नयाँ भन्सार नियमावली लागू भएपछि पर्सा जिल्लाका ११ छोटी भन्सारमध्ये ८ वटा बन्द गरिएका छन्। सरकारले देशभरका अधिकांश छोटी भन्सार कार्यालय खारेज गर्ने निर्णयसँगै सीमावर्ती क्षेत्रमा यसको प्रत्यक्ष असर देखिन थालेको हो।

नयाँ व्यवस्थाअनुसार पर्सामा अब भिस्वा, मटिअर्वा र ठोरी छोटी भन्सार मात्र सञ्चालनमा रहनेछन्। यसअघि वीरगञ्ज भन्सार कार्यालयअन्तर्गत रहेका अलौ, कवही, सिमरौनगढ, पर्सौनी भाठा, कचर्वा, पिपरपाटी, जानकीटोला र सिर्सिया नाका बन्द भएपछि स्थानीय बासिन्दा र साना व्यापारी प्रभावित भएका छन्।

सीमावर्ती गाउँका उपभोक्ताले दैनिक उपभोग्य सामान खरिदका लागि अब टाढाको मुख्य भन्सार वा बजारसम्म जानुपर्ने अवस्था सिर्जना भएको छ। यसअघि नजिकैको छोटी भन्सारमार्फत सहज रूपमा हुने आवतजावत र साना कारोबार अब कठिन बनेको स्थानीयको गुनासो छ।

नयाँ नियमअनुसार छोटी भन्सारमार्फत एक पटकमा अधिकतम १० हजार रुपैयाँसम्मको सामान मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। यसअघि केही नाकाबाट २५ हजार रुपैयाँसम्मको सामान ल्याउन सकिने सुविधा थियो।

सीमावर्ती क्षेत्रमा भारतीय बजारसँग निर्भर रहेका साना व्यापारीहरूले नयाँ व्यवस्थाले आफ्नो व्यवसायमा नकारात्मक असर परेको बताएका छन्। उनीहरूका अनुसार नेपाली बजारको तुलनामा भारतीय बजार सस्तो भएकाले स्थानीय उपभोक्ता उतै निर्भर थिए, तर अब आवतजावत कडाइ भएपछि व्यापार घट्ने चिन्ता बढेको छ।

भन्सार विभागले भने अनियन्त्रित पैठारी नियन्त्रण गर्दै स्वदेशी बजारलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ नीति लागू गरिएको बताएको छ। यस निर्णयविरुद्ध सीमावर्ती क्षेत्रमा असन्तुष्टि बढ्दै गएको छ भने स्थानीय व्यापारी र बासिन्दाले नियम पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय