काठमाडौं,०१ जेठ । संविधान संशोधनका विषयमा विभिन्न दल र सरोकारवालाबीच छलफल चलिरहँदा डा. शरदसिंह यादव नेतृत्वको जनअधिकार पार्टीले आफ्ना सुझाव सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष डा. यादवले संविधानका विभिन्न प्रावधानहरू संशोधन गर्नुपर्ने कारणसहित आफ्नो पार्टीको धारणा प्रस्तुत गरेका हुन् ।
पार्टीका अनुसार संविधानको प्रस्तावनासहित विभिन्न १६ स्थानमा संशोधन आवश्यक रहेको छ । ती संशोधनमार्फत केही प्रावधान थप्नुपर्ने तथा केही हटाउनुपर्ने विषयमा समेत सुझाव दिइएको जनाइएको छ ।
सरकार र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि संविधान संशोधनका लागि राय–सुझाव संकलन गरिरहेको सन्दर्भमा जनअधिकार पार्टीको यो प्रस्ताव सार्वजनिक भएको हो ।
पार्टीले संविधानलाई समयानुकूल, समावेशी र प्रभावकारी बनाउन संशोधन अपरिहार्य भएको दाबी गरेको छ ।



