spot_img

मिडिया काउन्सिल मधेशका कार्यवाहक अध्यक्ष यादव पदमुक्त

spot_img
spot_img

बीरगन्ज,०१ जेठ । सरकारी मर्यादा र पदीय आचारसंहिता उल्लंघन गरेको आरोपमा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष तथा बोर्ड सदस्य सुरेश कुमार यादवलाई पदबाट बर्खास्त गरिएको छ। मधेश प्रदेश सरकारले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका अनुसार यादवले पदीय जिम्मेवारी विपरीत गतिविधि गरेको तथा कानुनी सीमाभन्दा बाहिर गएर काम गरेको निष्कर्षपछि सोमबार उनलाई पदबाट हटाइएको हो।

मन्त्रालयले यादवले सरकारी सेवा–सुविधा लिँदै आएका बेला प्रदेश सरकारविरुद्धका गतिविधिमा समेत संलग्न भएको आरोप लगाएको छ। साथै, मिडिया काउन्सिलको कार्यालयमा राखिएको बोर्डबाट “मधेश प्रदेश सरकार” र “गृह, सञ्चार तथा कानुन मन्त्रालय” भन्ने शब्द हटाइएको घटना पनि विवादमा तानिएको छ।

उक्त विषयमा पटक–पटक स्पष्टीकरण सोधिए पनि उनले सन्तोषजनक जवाफ नदिएको मन्त्रालयको दाबी छ। त्यस्तै, केही समयअघि जनकपुरधामस्थित पूर्वाधार विकास कार्यालय धनुषामा तालाबन्दी गरिएको घटनामा पनि यादवको संलग्नता रहेको भन्दै मन्त्रालयमा उजुरी परेको थियो। सोही घटनापछि मन्त्रालयले थप स्पष्टीकरण माग गरे पनि बेवास्ता भएको बताइएको छ।

गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोका अनुसार पदीय जिम्मेवारीअनुसार आचरण पालन नगरेपछि अन्ततः उनलाई पदबाट हटाउने निर्णय गरिएको हो। यसअघि मिडिया काउन्सिल मधेशका अध्यक्ष कमल उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनी पदमुक्त भएका थिए। त्यसपछि यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय