spot_img

‘फ्लोर क्रस’ आशंकाले मधेश सरकारको विश्वासको मत अन्योलमा

spot_img
spot_img

बीरगन्ज,०१ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले लिन लागेको विश्वासको मत अन्तिम समयमा आएर अनिश्चित बनेको छ। तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित केही प्रदेशसभा सदस्यले ‘फ्लोर क्रस’ गर्न सक्ने आशंका बढेपछि सत्ता गठबन्धनभित्र आन्तरिक छलफल तीव्र भएको स्रोतले जनाएको छ।

आज बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसोसम्म पनि सुरु हुन नसक्नुको मुख्य कारण सत्ता पक्षभित्रको समीकरण मिलाउने प्रयास रहेको बताइएको छ।

सत्ता गठबन्धन निकट स्रोतका अनुसार सरकारको पक्षमा मतदान सुनिश्चित गर्न शीर्ष नेताहरूले केही सांसदसँग अन्तिम समयसम्म संवाद गरिरहेका छन्। केही सांसदले फरक धारणा लिन सक्ने संकेत पाएपछि विश्वासको मत प्रक्रिया केही समयका लागि स्थगित गर्ने विकल्पसमेत छलफलमा रहेको जनाइएको छ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारले आजै विश्वासको मत लिने तयारी गरे पनि सम्भावित ‘फ्लोर क्रस’ को जोखिमले सत्ता पक्षलाई दबाबमा पारेको छ।

गत वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेश सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार समर्थन फिर्ता भएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सत्ता गठबन्धनका शीर्ष नेताहरू अहिले पनि आन्तरिक परामर्शमा व्यस्त रहेको र विश्वासको मत प्रक्रिया अघि बढाउने वा केही समय सार्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय