spot_img

पर्साको बहुदरमाइ माविमा १०० विद्यार्थीलाई निःशुल्क ब्याग वितरण

spot_img
spot_img

वीरगन्ज,०१ जेठ । पर्साको बहुदरमाइ नगरपालिका–४ स्थित श्री नेरा माध्यमिक विद्यालय ड्कैला बहुअरीमा अध्ययनरत बाल विकास कक्षाका विद्यार्थीहरूलाई निःशुल्क विद्यालय ब्याग वितरण गरिएको छ।

काठमाडौंस्थित साल्टेनिग संस्थाको सहयोगमा १०० थान विद्यालय ब्याग वितरण गरिएको आयोजकले जनाएको छ। विद्यालयका प्रधानाध्यापक अजयकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता राकेश यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा स्थानीय शिक्षक अजयले सहजीकरण गरेका थिए भने बहुदरमाइ नगरपालिका वडा नं. ३ का धिरेन्द्र साह, वडा नं. २ का प्रमात्मा साहलगायत स्थानीय प्रतिनिधि तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार कार्यक्रममार्फत विद्यालयमा अध्ययनरत १०० जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो। विद्यालय तहमा अध्ययनरत बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सहयोग गरिएको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय