spot_img

सामाजिक सञ्जालमार्फत महिलालाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

spot_img
spot_img

वीरगन्ज,०१ जेठ । टिकटकसहित सामाजिक सञ्जाल प्रयोग गरेर महिलालाई ब्ल्याकमेल गर्दै रकम असुल्ने आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीको प्राविधिक अनुसन्धानपछि काभ्रेपलाञ्चोकका २३ वर्षीय समिर तामाङलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार तामाङले सामाजिक सञ्जालमा पीडित महिलाको फोटो राख्ने, व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिने र त्यसबापत आर्थिक लाभ लिने गरेका थिए।

पीडित महिलाले दिएको उजुरीका आधारमा गरिएको अनुसन्धानपछि उनलाई वैशाख ३० गते काठमाडौं महानगरपालिका–१३ कलंकी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर विद्युतीय कारोबार ऐन तथा आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ। यस घटनाबारे जानकारी दिँदै प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैलाई दुःख, हैरानी वा धम्की दिने कार्य कानुनअनुसार दण्डनीय हुने चेतावनी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय