spot_img

बीमाप्रति नागरिक सचेतना फैलाउन बीरगन्जका सडकमा प्रभातफेरी

spot_img
spot_img

बीरगन्ज,०१ जेठ । नेपाल बीमा क्षेत्रको ५८औं वार्षिकोत्सवको अवसरमा बीरगन्जमा भव्य प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयको समन्वय तथा विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले बीमाप्रति जनचेतना अभिवृद्धि गर्ने सन्देश दिएको छ।

कार्यक्रम नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयका प्रदेश प्रमुख आर्य रावल को अध्यक्षतामा सम्पन्न भएको हो। प्रभातफेरी बीरगन्जका प्रमुख सडकहरूमा परिक्रमा गर्दै सम्पन्न गरिएको थियो, जहाँ सहभागीहरूले बीमाको महत्व, आर्थिक सुरक्षा र नागरिक सचेतनासम्बन्धी सन्देश बोकेका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख रावलले बीमा क्षेत्रले ५८ वर्षको ऐतिहासिक यात्रा पूरा गरेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सप्ताहव्यापी कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार फुट्सल, ब्याडमिन्टन, चेस प्रतियोगिता, रक्तदान, मानव आश्रममा भोजन वितरण तथा प्रभातफेरीजस्ता कार्यक्रमहरू आयोजना गरिएको हो।

प्रभातफेरी कार्यक्रममा  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स का मधेस प्रदेश प्रमुख बद्री बहादुर अधिकारी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रदेश प्रमुख निशान्त कुमार लामिछाने लगायत विभिन्न बीमा कम्पनीका प्रतिनिधि तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकहरूले उक्त कार्यक्रमलाई बीमा क्षेत्रको विकास, सामाजिक उत्तरदायित्व तथा नागरिकको आर्थिक सुरक्षाप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा लिएको बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय