spot_img

गुणस्तर मापदण्ड नपुगेपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता

spot_img
spot_img

बीरगन्ज,०१ जेठ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यशोदा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। उत्पादनहरू अनिवार्य खाद्य गुणस्तर मापदण्डअनुसार नभेटिएपछि विभागले यस्तो आदेश जारी गरेको हो।

बिहीबार सार्वजनिक गरिएको सूचनाअनुसार बजार अनुगमनका क्रममा संकलन गरिएका नमुनाहरू खाद्य प्रयोगशालामा परीक्षण गर्दा ‘करेन्ट’ चाउचाउमा प्रयोग भएको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु सरकारले तोकेको मापदण्डभन्दा फरक भेटिएको विभागले जनाएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार सम्बन्धित ब्याच नम्बरका सम्पूर्ण उत्पादन बजारबाट हटाउन तथा बिक्री–वितरण रोक्न विभागले कम्पनीलाई निर्देशन दिएको छ।

विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गुणस्तरहीन खाद्य सामग्रीको उत्पादन तथा वितरणमा कडाइ गरिने जनाएको छ।

यशोदा फुड्सका सञ्चालक कमलकिशोर मालपानी यसअघि पनि विवादमा आएका थिए। उनीमाथि प्रधानमन्त्री वालेन्द्र शाहको चुनावी प्रचारका क्रममा प्रयोग गर्न महँगो सवारीसाधन उपलब्ध गराएको आरोप लागेको थियो। पछि उक्त विषय सार्वजनिक विवाद बनेपछि सम्बन्धित गाडी फिर्ता गरिएको बताइएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय