spot_img

बलात्कार मुद्दा जग्गा विवाद बनाएर मिलापत्र, पूर्ववडाध्यक्षसहित चार जना पक्राउ

spot_img
spot_img

कपिलवस्तु,०१ जेठ । कपिलवस्तुमा जबरजस्ती करणी जस्तो गम्भीर फौजदारी मुद्दालाई जग्गा विवादका नाममा मिलापत्र गराएको आरोपमा प्रहरीले एक पूर्ववडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यशोधरा गाउँपालिका–५ का पूर्ववडाध्यक्ष लइस पठान, लेखनदास रामवृक्ष कोहार, आरोपितका बुवा मोहम्मद सफिक पठान र पीडित महिलाकी आमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार ३३ वर्षीया महिलामाथि गत वैशाख २१ गते जबरजस्ती करणी भएको भन्दै उजुरी दर्ता भएको थियो । उजुरीपछि कानुनी प्रक्रिया अघि बढ्दै पक्राउ पुर्जी समेत जारी गरिएको प्रहरीले जनाएको छ ।

तर अनुसन्धानका क्रममा घटनालाई ढाकछोप गर्न जग्गा विवाद देखाएर मिलापत्र गरिएको खुल्न आएको छ । पीडित र आरोपित पक्षबीच आपसी सहमतिका नाममा कागजात तयार गरी मुद्दा फिर्ता गराउने प्रयास गरिएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार पूर्ववडाध्यक्षले मिलापत्र प्रक्रिया मिलाउने तथा हस्ताक्षर गराउने भूमिकामा काम गरेको पाइएको छ ।

गम्भीर फौजदारी मुद्दा कानुनी रूपमा मिलापत्र गर्न नमिल्ने भए पनि घटनालाई दबाउने प्रयास भएको भन्दै प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय