spot_img

रौतहटमा एचआइभी सङ्क्रमितको संख्या ४२५ पुग्यो

spot_img
spot_img

रौतहट,०१ जेठ । रौतहट जिल्लामा एचआइभी/एड्स सङ्क्रमितको संख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा ४२५ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख राजेश सिंहका अनुसार ती सबै सङ्क्रमित नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किनेभन्दा पनि जिल्लामै कार्यरत चालक, प्रहरी तथा मजदुर वर्गमा सङ्क्रमण बढी देखिएको बताइएको छ ।

एआरटी अधिकारी राजकुमार साहका अनुसार जिल्लाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित राजपुर नगरपालिकामा ६३ जना रहेका छन् । त्यसपछि चन्द्रपुरमा ३७, गौर र इशनाथमा ३५–३५, राजदेवीमा २५ तथा अन्य पालिकामा २०–२० जना सङ्क्रमित भेटिएका छन् । जिल्लाका सबै स्थानीय तहमा एचआइभी सङ्क्रमित भेटिएको तथ्याङ्कले देखाएको छ ।

प्रादेशिक अस्पताल गौरका चिकित्सक शशी गुप्ताका अनुसार असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगत, दूषित सुई–सिरिन्ज तथा सङ्क्रमित आमाबाट शिशुमा यो रोग सर्न सक्छ । समयमै परीक्षण, नियमित उपचार र सुरक्षित व्यवहार अपनाएमा सङ्क्रमण नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

त्यस्तै, चन्द्रपुर अस्पतालका चिकित्सक सुभाष चौधरीले कण्डमको प्रयोग बढे पनि सही प्रयोगबारे जनचेतना कमी भएकाले सङ्क्रमण नियन्त्रण अपेक्षाकृत प्रभावकारी हुन नसकेको बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय