spot_img

महावीर पुनलाई अभिव्यक्ति सच्याउन राहत शिक्षकको चेतावनी

spot_img
spot_img

काठमाडौँ,०१ जेठ । राहत शिक्षकहरूले सांसद महावीर पुनले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफ्नो भनाइ सच्याउन माग गरेका छन्।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै महावीर पुन द्वारा वैशाख ३० गते प्रतिनिधिसभामा व्यक्त विचारलाई तथ्यहीन, आपत्तिजनक र शिक्षकहरूको आत्मसम्मानमा चोट पुर्‍याउने खालको भएको दाबी गरेको छ।

समितिका अध्यक्ष वीरेन्द्र मल्ल र महासचिव डम्बर राईद्वारा जारी विज्ञप्तिमा उक्त अभिव्यक्तिले राहत शिक्षकहरूको छवि नकारात्मक रूपमा प्रस्तुत गरेको आरोप लगाइएको छ। उनीहरूले सांसद पुनलाई आफ्नो भनाइ सच्याउन आग्रह गर्दै अन्यथा त्यसबाट उत्पन्न हुने असरको जिम्मेवारी स्वयं उहाँले लिनुपर्ने चेतावनी दिएका छन्।

सांसद पुनले संसदमा बोल्दै शिक्षामा सुधारका लागि राहत शिक्षकको भूमिकाबारे टिप्पणी गरेका थिए, जसलाई राहत शिक्षक पक्षले आपत्तिजनक भन्दै विरोध जनाएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय