spot_img

ठूलो स्वरमा डिजे नबजाउन अनुरोध

spot_img
spot_img

राजविराज,०१ जेठ । जिल्ला प्रशासन कार्यालय सप्तरीले विवाह, चाडपर्व तथा सांस्कृतिक कार्यक्रमका क्रममा ठूलो स्वरमा डिजे तथा बाजा नबजाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवद्वारा जारी सूचनामा सार्वजनिक स्थल र बस्ती क्षेत्रमा अत्यधिक आवाजमा डिजे बजाउँदा ध्वनि प्रदूषण बढ्ने तथा त्यसले स्वास्थ्य, अध्ययन र शान्त वातावरणमा प्रतिकूल असर पर्ने उल्लेख गरिएको छ ।

प्रशासनका अनुसार यस विषयमा सर्वसाधारणबाट लगातार गुनासो आइरहेको र गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखाले समेत ध्यानाकर्षण गराएको छ ।

सूचनामा विवाह, चाडपर्व तथा अन्य सांस्कृतिक कार्यक्रम गर्दा अरूलाई असर नपर्ने गरी आफ्नै घर वा तोकिएको स्थानभित्र सीमित रहेर शान्तिपूर्ण रूपमा बाजा तथा डिजे प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रशासनले सामाजिक सद्भाव र सार्वजनिक शान्ति कायम राख्न सबैलाई सहयोग गर्न समेत अपिल गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय