spot_img

कामु प्रधानन्यायाधीशको विरोधमा उत्रियो रास्वपा, संसद् बैठकबाटै आपत्ति

spot_img
spot_img

काठमाडौं,०४ जेठ । प्रस्तावित प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिट निवेदन दर्ता गर्न कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा नियमावलीमाथिको छलफलका क्रममा विशेष समय लिएर रास्वपा सांसद यज्ञमणि न्यौपानेले कामु प्रधानन्यायाधीश मल्लको कदमप्रति नियमापत्ति जनाएका हुन्।

अधिवक्तासमेत रहेका सांसद न्यौपानेले अदालतको प्रशासनिक तथा न्यायिक कार्यप्रणालीका स्थापित मूल्य र मान्यताविपरीत उक्त आदेश आएको दाबी गरे।

यसैबीच प्रधानन्यायाधीश सिफारिस सम्बन्धी रिट दरपीठ विरूद्धका निवेदन सोमबार नै दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालतमा ‘गाईजात्रा’ भएको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रशानसनबाट दरपीठ गरिएको रिट दर्ता गर्न आदेश दिएसँगै सर्वोच्च प्रशासनका सबै कर्मचारीहरू कार्यालय छोडेर भागेका हुन्।

अहिले सर्वोच्च प्रशासनका अधिकांश शाखा रित्तै छन् । कार्यालयमा कोही पनि कर्मचारी देखिएका छैनन् । कर्मचारीहरूको यस हर्कतविरुद्ध कानुन व्यवासयीहरू प्रदर्शनको तयारीमा

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय