spot_img

“जलेका भवन हामी श्रमदानबाट बनाइदिन्छौँ” — हर्क साम्पाङ

spot_img
spot_img

काठमाडौं,०४ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सिंहदरबारभित्र जेनजी आन्दोलनका क्रममा जलेका भवनहरूको पुनर्निर्माणको जिम्मा आफूहरूलाई दिन सरकारसँग आग्रह गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा प्रि–बजेट छलफलका क्रममा बोल्दै उनले श्रमदानमार्फत नै ती भवनहरू पुनर्निर्माण गर्न सकिने दाबी गरे। “यदि जिम्मेवारी दिइयो भने, हामी जनशक्तिको सहयोग र श्रमदानबाट जलेका संरचना फेरि निर्माण गरेर देखाउँछौँ,” उनले बताए।

साम्पाङले आफ्नो निर्वाचन क्षेत्रसहित विभिन्न जिल्लामा विकास निर्माणका योजनाका लागि आवश्यक बजेट विनियोजन गर्न पनि सरकारसँग माग गरेका छन्। उनले जनताको प्रत्यक्ष सहभागितामार्फत विकास सम्भव हुने भन्दै श्रम संस्कृतिलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय