spot_img

धुलो नियन्त्रणको माग गर्दै राजविराजमा हुलाकी सडक अवरुद्ध

spot_img
spot_img

सप्तरी,०६ जेठ । सप्तरीको राजविराजमा हुलाकी सडकमा उड्ने अत्यधिक धुलोका कारण स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। वर्षौंदेखि समस्या समाधान नभएको भन्दै बुधबार बिहानदेखि हनुमान मन्दिरदेखि चनौरा–पडरिया क्षेत्रसम्मको सडक खण्डमा चक्काजाम गरिएको हो।

स्थानीयवासीले निर्माणाधीन हुलाकी सडकमा धुलो नियन्त्रण, नियमित पानी छर्किने व्यवस्था र सडक स्तरोन्नतिको माग राख्दै आवतजावत पूर्ण रूपमा बन्द गरेका छन्।

स्थानीय निरञ्जन झाका अनुसार लामो समयदेखि सडकमा उड्ने धुलोका कारण बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणमा श्वासप्रश्वास, एलर्जी लगायत स्वास्थ्य समस्या बढ्दै गएको छ। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले कुनै ठोस पहल नगरेको उनको आरोप छ।

आन्दोलनकारीहरूले स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायप्रति असन्तुष्टि जनाउँदै समस्या समाधानमा उदासीनता देखाइएको आरोप लगाएका छन्। उनीहरूले “आन्दोलन बिना समस्या सुनुवाइ हुँदैन” भन्ने अवस्था सिर्जना भएको बताएका छन्।

सडक अवरुद्ध भएपछि सो क्षेत्रको सम्पूर्ण यातायात सेवा प्रभावित भएको छ। स्थानीय प्रशासन र आन्दोलनकारीबीच समस्या समाधानका लागि छलफलको प्रयास भइरहेको जनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय