spot_img

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, उद्योगमन्त्री यादवद्वारा स्थलगत निरीक्षण

spot_img
spot_img

काठमाडौँ,०९ जेठ । लामो समयदेखि बन्द रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले तीव्र पारेको छ।

यसै क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन्। मन्त्री यादवको सचिवालयका अनुसार निरीक्षणका क्रममा उनले उद्योगको वर्तमान अवस्था, मेसिनरी उपकरणहरूको स्थिति तथा पुनः सञ्चालनका सम्भावनाबारे जानकारी लिएकी हुन्।

निरीक्षणका क्रममा उद्योग पुनः सञ्चालनको प्रक्रिया कसरी छिटो अघि बढाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित सरोकारवालाहरूसँग छलफलसमेत गरिएको जनाइएको छ।

सरकारले बन्द अवस्थामा रहेका उत्पादनमूलक उद्योगहरूलाई पुनः सक्रिय बनाउने योजनाअन्तर्गत हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखेको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय