spot_img

ओलीको राजीनामा ढिलाइले संकट बढ्यो : विष्णु पौडेल

spot_img
spot_img

काठमाडौं,०९ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पुनर्गठन र नेतृत्वबारे कडा धारणा राख्दै तत्कालीन राजनीतिक निर्णयहरूकै कारण वर्तमान अवस्था सिर्जना भएको बताएका छन्।

शुक्रबार बसेको एमाले सचिवालय बैठकमा सुरुमै धारणा राख्दै पौडेलले नेतृत्वको कमजोरीका कारण अहिलेको राजनीतिक परिस्थिति बनेको उल्लेख गरे। विशेषगरी ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनु गलत निर्णय भएको उनको भनाइ थियो।

पौडेलले पार्टीलाई पुनर्गठन गरेर पुरानै व्यवस्था कायम राख्दै अघि बढ्नुपर्ने प्रस्तावसमेत राखेका थिए।

बैठकमा उनले विगतका घटनाहरू स्मरण गर्दै २३ भदौको राजनीतिक घटनालाई पनि उल्लेख गरेका थिए। उनका अनुसार जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरूको मृत्यु भइसकेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने थियो। उनले भने, “२३ गते बेलुकी राजीनामा दिएको भए आजको राजनीति यहाँ आइपुग्दैनथ्यो।”

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय