spot_img

वीरगन्ज–३२ मा जेन–जि पर्साको २८ सदस्यीय वडा समिति गठन

spot_img
spot_img

वीरगन्ज,०९ जेठ । जेन–जि पर्साले वीरगन्ज महानगरपालिका वडा नं. ३२ मा २८ सदस्यीय वडा समिति गठन गरेको छ। शनिबार आयोजित कार्यक्रममा समिति गठनसँगै भागवत मण्डललाई वडा इन्चार्जको जिम्मेवारी समेत दिइएको छ।

कार्यक्रममा जेन–जि पर्साका सदस्यहरूको उपस्थिति रहेको थियो। संगठनले युवा नेतृत्वलाई सशक्त बनाउँदै सामाजिक रूपान्तरण र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने उद्देश्यसहित समिति गठन गरिएको जनाएको छ।

नवनियुक्त इन्चार्ज भागवत मण्डलले युवाहरूलाई एकताबद्ध गर्दै समाजमा देखिएका विकृति र विसंगतिविरुद्ध सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले सकारात्मक सोच र अभियानमार्फत वडा स्तरमै विकासमुखी गतिविधि सञ्चालन गर्ने बताए।

कार्यक्रममा बोल्दै उनले जेन–जिको मुख्य उद्देश्य युवालाई जिम्मेवार, सचेत र सामाजिक परिवर्तनका लागि अग्रसर बनाउनु रहेको उल्लेख गरे। साथै आगामी दिनमा वडा स्तरमै विभिन्न जनचेतनामूलक तथा सामाजिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रममा महादेव प्रसाद कुर्मी, बिरेन्द्र कण्ठलगायत जेन–जि पर्सासँग आबद्ध युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले संगठनलाई अझ सशक्त बनाउँदै सामाजिक उत्तरदायित्वका कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय