spot_img

रास्वपा बैठकमा तनाव, “लखेटिएको होइन” भन्दै अन्सारीको दाबी

spot_img
spot_img

बीरगन्ज,०९ जेठ । बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला कार्यक्रम विवादका बीच सम्पन्न भएको छ। तर कार्यक्रममा सांसदहरू लखेटिएको भन्ने समाचारलाई नेताहरूले अस्वीकार गरेका छन्।

शनिबार (जेठ ८) आयोजित बैठकमा संस्थापन पक्ष र केही सहभागीबीच विवाद उत्पन्न भएको थियो। तर प्रतिनिधिसभा सदस्य तथा रास्वपा नेता रहबर अन्सारीले कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गरेका छन्।

उनका अनुसार जिल्ला अधिवेशनसम्बन्धी छलफलका क्रममा केही असन्तुष्ट पक्षले होहल्ला गर्ने प्रयास गरेपछि सामान्य विवाद भएको हो। उनले सांसदहरूलाई लखेटिएको भन्ने कुरा गलत र भ्रामक भएको स्पष्ट पारे।

अन्सारीले पार्टीबाट निष्काशित केही व्यक्तिहरूले कार्यक्रममा अवरोध गर्न खोजेको दाबी गर्दै त्यसैले तनावको अवस्था सिर्जना भएको बताए। उनका अनुसार स्थिति सामान्य बनाउन प्रहरीले हस्तक्षेप गर्दै काठमाडौंबाट आएका अतिथि सहभागीहरूलाई नजिकैको कोठामा बस्ने व्यवस्था मिलाएको थियो।

यसअघि वैशाख २७ गते रास्वपा केन्द्रीय समितिले बाराको कार्यसमिति विघटन गरेको थियो, जसपछि जिल्लाभित्रको आन्तरिक विवाद अझै चर्किएको देखिएको छ। कार्यक्रममा काठमाडौंबाट आएका राजन शर्मा, कामनी चौधरी तथा मधेश प्रदेशका विभिन्न नेताहरूको उपस्थिति रहेको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय