spot_img

नेप्से २७.८५ अंकले बढ्याे

spot_img
spot_img

काठमाडौं,११ जेठ । सोमबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २७.८५ अंक (१.०० प्रतिशत) बढेको छ । सो वृद्धिसँगै नेप्से २७८६ अंकमा पुगेको छ । बजारको यो अंक वैशाख १४ यताकै उच्च हो ।

आज दिनभर बजार हरियो रह्यो । परिसूचक मात्रै नभई कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९८ करोडको भयो । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो ।

२३५ कम्पनीको मूल्य बढेको छ भने २८ को घटेको छ । त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रह्यो । जलविद्युत् समूह सबैभन्द्या धेरै १.५० प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.८५, विकास बैंक ०.६९, फाइनान्स ०.५७, होटल तथा पर्यटन १.०२, लगानी ०.७४, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन १.३५, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा ०.९५, अन्य १.२३ तथा व्यापार ०.३२ प्रतिशत बढे ।

आज मूल्य धेरै बढेका पाँच कम्पनीमा सबै जलविद्युत् समूहका रहे । थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.०१ प्रतिशत बढ्यो । दोस्रोमा रहेको सुपर खुदी हाइड्रोपावरको ८.३२, अपरहेवाखोलाको ५.३८, मायाखोला हाइड्रोपावरको ५.३४, रिजलाइन इनर्जीको ५.१९ प्रतिशत मूल्य बढ्यो ।

बुंगल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १०.३२ प्रतिशत घट्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.५५ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, अपी पावर, नेसनल हाइड्रोपावर र ङादी ग्रुप छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय