spot_img

सर्वसाधारणका लागि सानिगाड हाइड्रोको आइपिओ खुल्यो

spot_img
spot_img

काठमाडाै,१८ जेठ । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका आज (सोमबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रूपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।जसमध्ये पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ५ लाख ७० हजार कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

यस्तै, १ लाख ७१ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र २ लाख ८५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको छ।कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बाँकी रहेको ४६ करोड ७४ लाख रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ ४६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताहरूले जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि जेठ ३० गतेसम्म लम्बिनेछ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर’ रेटिङ डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय