spot_img

दैलेखमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

spot_img
spot_img

काठमाडौं,१८ जेठ । दैलेखमा सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जिल्लाको भैरवी गाउँपालिकास्थित काल्गौडामा बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो ।

घाइतेमध्ये दुई जनाको स्थानीय भैरवी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने बाँकी तीन जनालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ। घाइतेहरूको अवस्था र मृतकको पहिचान खुल्न बाँकी छ।

यो सडकखण्ड पछिल्लो समय निकै जोखिमपूर्ण बन्दै गएको छ । सडकको जीर्ण अवस्था र भौगोलिक विकटताका कारण यो मार्गमा यात्रा गर्ने यात्रुहरू जोखिममा पर्ने गरेको स्थानीय बताउँछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय