काठमाडौं,१८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्ली पुगेका छन्। उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले स्वागत गरेका छन्।
विमानस्थलमा उनलाई भाजपा महासचिव अरुण सिंह र पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेको बताइएको छ। लामिछानेको यो भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले चासोका साथ हेरिएको छ।




