काठमाडौं,१८ जेठ । सरकारले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) परियोजनामा आगामी वर्ष २९ अर्ब ३४ करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार आफू मातहत रहेको ‘मिलेनियम च्यालेन्ज एकाउन्ट’ (एमसीए) नेपालमा सरकारले २९ अर्ब ३४ करोड ४४ लाख विनियोजन गरेको हो ।
यसमध्ये नेपाल सरकारको स्रोतबाट ५ अर्ब ५५ करोड ७६ लाख र वैदेशिक अनुदान २३ अर्ब ७८ करोड ६८ लाख खर्च गर्ने लक्ष्य राखिएको छ । यो परियोजनामा आर्थिक वर्ष २०८१/८२ मा भनेमात्र २ अर्ब ३३ करोड ७३ लाख खर्च भएको थियो ।
चालु आव २०८२/८३ को संशोधित अनुमान ७ अर्ब ४९ करोड १३ लाख छ । एमसीसी अन्तर्गत चालु खर्च १ अर्ब ३४ करोड ६४ लाख र पूँजीगत २७ अर्ब ९९ करोड ८० लाख बराबर हुने अनुमान छ ।




