काठमाडौं,१८ जेठ । सोमबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह ले आइतबार संसद्मा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलहरू आक्रोशित बनेका हुन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीले उक्त अभिव्यक्तिका लागि माफी माग्नुपर्ने तथा संसद् बैठकको रेकर्डबाट उक्त भनाइ हटाउनुपर्ने माग गर्दै निरन्तर विरोध जनाइरहेका छन्। यसै कारण सोमबारको बैठक पनि प्रभावित भएको छ।




