spot_img

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर गगन थापाको विरोध

spot_img
spot_img

काठमाडौं,१८ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई निन्दनीय र घोर आपत्तिजनक बताएका छन्।

सोमबार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले नेपाल–भारत सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हितमा नकारात्मक असर पारेको टिप्पणी गरे।

उनका अनुसार प्रधानमन्त्रीको भनाइले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा गलत सन्देश दिएको छ। उनले कांग्रेसले उक्त अभिव्यक्तिको पूर्ण रूपमा विरोध गर्ने स्पष्ट पारे।

थापाले सीमा विवादका विषयमा देशका निश्चित कूटनीतिक अडान र प्रमाण हुने भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले ती अडानलाई कमजोर बनाएको दाबी गरे।

उनका अनुसार छिमेकी मुलुकसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने सम्भावना भए पनि प्रधानमन्त्रीको भनाइले त्यस प्रक्रियालाई समेत जटिल बनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय