spot_img

कक्रोच जनता पार्टीद्वारा तीन प्रवक्ता घोषणा

spot_img
spot_img

काठमाडौं,२० जेठ । कक्रोच जनता पार्टी (सीजेपी) ले तीन जना प्रवक्ताको नाम सार्वजनिक गरेको छ। पार्टीले आफ्नो आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमार्फत उक्त जानकारी दिएको हो।

पार्टीका अनुसार नव नियुक्त प्रवक्ताहरूले आन्दोलनसँग सम्बन्धित विषयहरू जनता र सञ्चारमाध्यमसम्म पुर्‍याउने जिम्मेवारी सम्हाल्नेछन्। सीजेपीले खोज पत्रकार सौरभ दासलाई मुख्य प्रवक्ताको रूपमा नियुक्त गरेको छ। त्यसैगरी लेखक तथा चलचित्र निर्माता विजेता दहिया र आईआईटी कानपुरका पूर्व विद्यार्थी आशुतोष रांका पनि प्रवक्ताको भूमिकामा रहनेछन्।

पार्टीले आफ्नो पोस्टमा भारतको राजनीतिक भाषा र सोच परिवर्तन गर्ने लक्ष्यसहित नयाँ पुस्ताका नेताहरूको नेतृत्वमा अघि बढिरहेको जनाएको छ।

यसैबीच, कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले आफू जुन ६ मा भारत फर्कने जानकारी दिएका छन्। उनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर–मन्तरमा विरोध प्रदर्शन गर्ने योजना रहेको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय