spot_img

रास्वपाद्वारा ७७ जिल्लामा निर्वाचन समिति गठन

spot_img
spot_img

काठमाडौँ,२२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार शनिबार र आइतबार हुने जिल्ला अधिवेशनलाई लक्षित गर्दै सबै जिल्लामा निर्वाचन समिति गठन गरिएको हो। उनले निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढिरहेको जानकारी दिए।

केसीका अनुसार बागमती र मधेस प्रदेशका केही स्थानीय तहमा उजुरी परेकाले त्यहाँ अधिवेशन स्थगित गरिएको छ भने केही स्थानमा पुनः निर्वाचन गराउन निर्देशन दिइएको छ।

रास्वपाको विधानअनुसार जिल्ला समितिमा सभापति, उपसभापति, सचिव, सहसचिव र पाँच जना समावेशी सदस्य रहने व्यवस्था छ। साथै, प्रत्येक निर्वाचन क्षेत्रबाट एक–एक प्रतिनिधि चयन गरिनेछ। निर्वाचित समितिबाट सभापतिले एक जना कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ भने समिति बिजोर बनाउन थप दुई वा तीन सदस्य मनोनयन गर्न सकिने व्यवस्था पनि रहेको छ।

यसअघि प्रदेश अधिवेशन तयारीका लागि कर्णाली र सुदूरपश्चिम बाहेकका प्रदेशमा केन्द्रीय निर्वाचन आयोगका सदस्यलाई समन्वय र सहजीकरणको जिम्मेवारी दिइएको थियो। रास्वपाको पहिलो महाधिवेशन भने आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय