spot_img

एसीसी महिला प्रिमियर कप : हङकङले दियो नेपाललाई ११० रनको लक्ष्य

spot_img
spot_img

काठमाडौं,२३ जेठ । एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाल सामू १ सय १० रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुंकु जाफर ओभलमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९ रन बनाएको छ ।

हङकङकी यास्मिन दासवानीले सर्वाधिक ४२ रनको योगदान दिइन् । यस्तै, मारिको हिलले २९, मारिना ल्याम्प्लोले १८ रन जोडिन् । नेपालकी रिया शर्मा र रुविना क्षेत्री बेलबासीले एक–एक विकेट लिए ।

आजको खेलको नतिजाले समूह ‘डी’ को विजेता र उपविजेतको टुंगो लाग्नेछ । यी दुवै टोली लगातार दुई खेल जित्दै क्वारटरफाइलनमा पुगिसकेका छन् ।
यसअघिका खेलमा नेपाल र हङकङले कतार र भुटानलाई हराएका थिए ।

१८ राष्ट्र सहभागि प्रतियोगितामा चारवटा समूह रहेका छन् । प्रिमियर कपको शीर्ष टोली महिला टी–२० एसियाका लागि छनोट हुनेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय