spot_img

बारामा हुलाकमार्फत घरमै राहदानी, एकै दिन २६ जनालाई वितरण

spot_img
spot_img

बीरगन्ज,३० जेठ । बारामा हुलाक सेवामार्फत घरमै राहदानी पुर्‍याउने सेवा सुरु भएसँगै एकै दिन २६ जनाले सो सुविधा प्राप्त गरेका छन्। जिल्ला हुलाक कार्यालय बाराको समन्वयमा विभिन्न पालिकाका हुलाक प्रमुखहरूले शुक्रबार सेवाग्राहीहरूको घरदैलोमै पुगेर राहदानी हस्तान्तरण गरेका हुन्।

जिल्ला हुलाक कार्यालय बाराका खरिदार गौतम सिंह बस्तीका अनुसार सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअन्तर्गत जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला हुलाक कार्यालयबीच वैशाख २५ गते यससम्बन्धी सम्झौता भएको थियो।

सोही सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार पहिलोपटक २८ वटा राहदानी हुलाक कार्यालयलाई उपलब्ध गराएको थियो। तीमध्ये शुक्रबार २६ वटा सम्बन्धित सेवाग्राहीलाई वितरण गरिएको छ भने बाँकी राहदानी वितरण प्रक्रिया जारी रहेको कार्यालयले जनाएको छ।

विभिन्न स्थानीय तहमा प्राप्त राहदानीमध्ये अधिकांश वितरण भइसकेका छन्। हुलाक कार्यालय निजगढमा प्राप्त सबै राहदानी वितरण गरिएको छ भने जितपुरसिमरा, कोल्हवी, महागढीमाई, बारागढी, देवताल र सुवर्ण गाउँपालिकामा पनि अधिकांश सेवाग्राहीले घरमै राहदानी प्राप्त गरेका छन्।

यस सेवाले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट हटाएको र सेवा प्रवाहलाई सहज बनाएको अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय