spot_img

करैयामाई गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेतालाई ७० हजार रुपैयाँ पुरस्कार

spot_img
spot_img

बारा,३० जेठ । स्थानीय खेलकुदको विकास र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित तेस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। करैयामाई गाउँपालिका–७ उमजनस्थित श्री जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता करैयामाई गाउँपालिकाको आयोजनामा तथा विभिन्न स्थानीय संस्थाको सहकार्यमा भइरहेको हो।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै क्षेत्रीय स्तरमा फुटबलप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गरेका छन्।

जेठ ३१ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न जिल्लाका नौ टोली सहभागी हुनेछन्। प्रतियोगितामा विभागीय, क्लब तथा युवा टोलीहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताले ग्रामीण क्षेत्रमा खेलकुद संस्कृतिको विकास, युवाको सक्रिय सहभागिता र फुटबल खेलको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रतियोगिताका खेलहरूमा स्थानीय खेलप्रेमीको उल्लेखनीय सहभागिता रहने विश्वास पनि आयोजकले व्यक्त गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय