spot_img

पशुपति हत्या प्रकरणमा फरार साधु तीन महिनापछि पक्राउ

spot_img
spot_img

काठमाडौं,३० जेठ । पशुपतिनाथ मन्दिर परिसरमा युवकको हत्या गरी फरार रहेका एक जना साधुलाई प्रहरीले करिब तीन महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति द्रव्यनाथ नामले चिनिने सुबिन रानामगर रहेको प्रहरीले जनाएको छ।

उनी फागुन महिनामा पशुपति क्षेत्रभित्र भएको २५ वर्षीय सन्तोष गिरीको हत्या प्रकरणका मुख्य आरोपितमध्ये एक रहेको प्रहरी अनुसन्धानले देखाएको छ। उनलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।

प्रहरीका अनुसार सङ्खुवासभाका सन्तोष गिरी पशुपति क्षेत्रस्थित शिवालयमा मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानमा उनीमाथि चिम्टा र बाँसका सामग्री प्रयोग गरी कुटपिट गरिएको तथा त्यसकै कारण मृत्यु भएको निष्कर्ष निकालिएको छ।

घटनाको अनुसन्धानका क्रममा महाशिवरात्रि मेलाका बेला पशुपति क्षेत्रमा रहेका केही साधुहरूसँग विवाद भएपछि सामूहिक आक्रमण भएको देखिएको प्रहरीले जनाएको छ। यसअघि पनि हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय